Connect with us
Advertisement

 प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज र विराटनगर विजयी

Published

on

विराटनगरः विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज नगरपालिका र वीरगञ्ज महानगरपालिका विजयी भएका छन् ।

विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र वीरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो । यस अघि बिहीबार नै भएका खेलबाट ती चार टिम सेमीफाइनलमा प्रवेश गरेका थिए ।

पहिलो खेलमा सप्तरीको राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको थियो । राजविराज समूह ए को विजेता भएको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ८१ रनको झिनो स्कोर खडा गरेको थियो । राजविराजका लागि म्यान अफ द म्याच विकास दासले १४ बलमा २ छक्का र १ चौका प्रहार गरी २३ रन बनाउँदा अमित यादवले १४ रन र अभिषेक कार्कीले १३ रन बनाए । जनकपुरका हरिशंकर साहले ३ विकेट लिँदा साइमन रायले २ विकेट लिएका थिए ।

८२ रनको झिनो रनको लक्ष्य पाएको जनकपुर पुरै ओभर खेल्दै ७ विकेट गुमाई ७५ रनमा सीमित भएको थियो । जनकपुरका लागि अकबर अलिले ३९ रन जोड्दा हिमाञ्सु दत्तले १३ रन जोडे । राजविराजका नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले ४ ओभरमा १३ रन दिएर २ विकेट लिँदा विश्वधारी बलर महबुव आलम, अनिल यादव र रोहित सिंहले १–१ विकेट लिए ।

दोस्रो खेलमा वीरगञ्जले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो । जीतपछि वीरगञ्ज समूह वि को विजेताको रुपमा सेमीफानलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको विराटनगरले कप्तान सिद्धान्त लोहनीको आक्रामक ब्याटिङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रनको विशाल स्कोर खडा गरेको थियोे । विराटनगरका लागि लोहनीले २८ बलमा २ छक्का र ४ चौका प्रहार गरी ४५ रन बनाउँदा दीपक पासवानले २८ रन बनाए । वीरगञ्जका कागि इमरान शेखले ३ विकेट लिँदा भुलवान सहनीले २ विकेट लिए ।

१ सय ४५ रनको विशाल लक्ष्य पाएको वीरगञ्जले १७ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भेटेको थियो । वीरगञ्जका लागि म्यान अफ द म्याच तीर्थराज दासले ४० बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ५२ रनको ठोस इनिङ खेलेका थिए । त्यस्तै सोनु अन्सारीले ३६ रन बनाए । विराटनगरका मुकुन्द यादवले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा मेहबुबबाबु इराकीले १ विकेट लिएका थिए ।

प्रतियोगितामा प्रदेश १ बाट आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेचीनगर नगरपालिका तथा मधेश प्रदेशको वीरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागी भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी तथा उपविजेताले नगद ५१ हजार र ट्रफी पाउनेछन् ।

आजको पहिलो सेमीफाइनल विराटनगर र राजविराज तथा दोस्रो सेमीफाइनल खेल जनकपुर र वीरगञ्जबीच हुने आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

२ जेठ, २०८१ – बुधवार – आजको राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading

Banner

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६

Published

on

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६…🤔😳
मुद्दा हेर्दाहेर्दैमा राखिएको निर्णय सुनाइसकेपछि सबै खुरुखुरु बाहिर निस्किए । न्यायाधीशद्वय भट्ट र उप्रेती भित्रै थिए । सन्दीप पक्षका एकजना वकिल पनि थिए । यत्तिकैमा गौशाला-२६ की वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन । भित्र पस्नासाथ शान्तिले गौशालालाई केही इशारा गरिन् । त्यसपछि गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन् । न्यायाधीशद्वयले सम्झाइबुझाइ गरेपछि उनी निस्किएको स्रोतले बतायो । यो घटनालाई सन्दीपका वकिलहरुले असामान्यरुपमा लिएका छन् । गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको उनीहरुको आरोप छ । नेपालप्रेसबाट…
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक